Section 24
श्रम इजाजत दिन सकिने
: दफा २२ र २३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको
अवस्थामा विभागलेअभिलेख राखी विदेशी नागरिकलाई श्रम इजाजत दिन सक्नेछ ः-
(क) विदेशी लगानी भएको वा विदेशी सहयोगबाट सञ्चालित प्रतिष्ठानको कार्यकारी प्रमुख र सोप्रतिष्ठानमा काम गर्न तोकिए बमोजिमको सङ्ख्याका श्रमिक,
(ख) तीन महिना वा सोभन्दा कम अवधिको लागि कुनै मेशीनरी सामान मर्मत गर्न वा नयाँ प्रविधिको जडान गर्न वा यस्तै अन्य आकस्मिक काम गर्नको लागि आउने प्राविधिक ।